Thursday, August 14, 2025

सप्तरीमा प्रहरीको गोली लागेर लालु यादवको मृत्युु:-

ताजा / भरखरै प्राप्त

सप्तरीमा तस्करीको समान पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीय बीच भिडन्तमा गोली लागेर यादवको मृत्युु भएको हो । सप्तरीमा तस्करीको समान पक्राउ गर्ने क्रममा स्थानीय र प्रहरीबीच भिडन्तमा प्रहरीको गोलीबाट लालु यादवको ज्यान गएपछि राजविराजमा स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका छन् । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको बताइएको छ । भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर स्थानीय लालु यादव घाइते भएका थिए।
उनीलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको छ । मृतकको उमेर करिब ३७ वर्ष रहेको बताइएको छ ।
घटनापछि राजविराजको जिल्ला प्रहरी कार्यालय अगाडि आक्रोशित स्थानीयहरु तथा मृतकका आफन्तहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीलाई कारबाही गर्न माग गरिरहेका छन् । भने हाल राजविराजमा सुरक्षा अवस्था कडा पारिएको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles