
चितवन प्रहरी प्रमुखप्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले आफ्नो जन्मदिन विशेष शैलीमा मनाउनु भएका छन् ।
(एसपी) पुरीले आफनो जन्मदिनको अवसरमा प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) मा आश्रित ३० जना बालबालिकाहरुसँग समय बिताउँदै उनीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेका छन् ।
एसपी पुरीले जन्मदिनलाई अनावश्यक तडक भडकका साथ मनाउनुको सट्टो बालबालिकाहरुको शैक्षिक आवश्यकता पूर्तिमा सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्य गरेको बताएका छन् । उनले भने, “म जन्मदिनमा व्यक्तिगत खुशीभन्दा पनि अरुको आवश्यकता पूरा गर्न सकूँ भन्ने सोच राख्छु, भने बताएका छन् ।