सर्लाही जिल्लाको बलरा नगरपालिकामा बटुवा तथा बाटोबाट गरिरहेका मोटरसाइकलहरुलाई समेत अपराधि समुहले पटकपटक मोबाइल नगदसहित लुटिएका छन् । सर्लाहीको बलरा नगरपालिका जब्दी टोलमा अपराधिक समूहले इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक (सई) गाैरीशंकर साहसहित तीनजना गस्तीमा गइरहेका प्रहरी माथि पनि कुटपिट गरेका छन् । यस्तो घटना धेरै पटक भएको छ, सर्लाही जिल्लाको बागमती नदिको छेउछाउमा ।
सम्बन्धित निकायको ध्यान पुगोस् ।
प्रहरी स्रोतका अनुसार आक्रमणमा सई साहको बाँया हातमा गम्भीर चोट लागेको छ, भने रोहितकुमार सहनीका सहकर्मी ४० बर्षीय नविन चौधरीको टाउकोमा चोट लागेर दुई वटा टाँका लगाइएको छ ।
उक्त समूह स्थानीय जब्दी टोलकै युवाहरु भएको आशंका प्रहरीले गरेका छन् । आक्रमणपछि, लुटपाट गर्ने समूह फरार रहेका छन्” भने घटनास्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले दुई पक्षबीचको झगडाको क्रममा सई. साह सामान्य घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार अन्य दुई जना प्रहरी पनि सामान्य घाइते रहेका छन् ।
घटनामा प्रयोग गरिएको मोटरसाइकलमा समेत तोडफोड भएको छ । लुटपाटको विवरण भने अझै खुलन सकेको छैन ।