Thursday, August 14, 2025

कैलाली कारागार घटनाको लागि ५ सदस्यीय छानबिन समिति गठन:-

ताजा / भरखरै प्राप्त

कैलाली कारागारमा कैदीबन्दी बीचमा कुटाकुट हुँदा एक जनाको मृत्युु ४७ जना घाइते भएका छन् ।कैलाली कारागार घटनाको छानबीनका लागि सहायक प्रजिअको नेतृत्वमा ५ सदस्यीय समिति भएको छ । जिल्ला कारागार कैलालीमा गएराति भएको हिंसात्मक झडपपछि जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबीनका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।
शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।
समितिलाई १० भित्र आवश्यक छानबिन विधिको प्रयोग गरी प्रतिवेशन बुझाउन समयसीमा तोकिएको छ ।कैलाली कारागारमा कैदीबन्दीका दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन ।घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles