



रसुवा गढिमा आएको बाढीपछिका घटनामा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको पार्थिव शरीर भेटिन नसकेपछि, परिवारजनले कुशको प्रतीकात्मक शव बनाई अन्तिम संस्कार गरेका छन् । बारा जिल्लाको फेटा गाउँपालिका–१ भलुहीका ठाकुरको बाढीमा बेपत्ता भएको लामो समयसम्म खोजी भए पनि कुनै पत्ता लागिएको छैन । हिन्दु परम्पराअनुसार, बेपत्ता व्यक्तिको सम्झनामा र आत्माको शान्तिका लागि कुशको शव तयार गरी अन्त्येष्टि गरिएको छ ।
बारा फेटा गाउँका स्थानियहरुको उपस्थितिमा गरिएको यो संस्कारले गाउँभरि शोकमा डुबेका छन् ।
फेटा गाउँपालिका वडा नं १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर बेपत्ता भएको १ महिनापछि पनि कुनै अवस्था थाहा नभएपछि आफन्तहरुले उनलाई मृत सम्झेर कुशको शव बनाएर दाह संस्कार गर्नुभएको छ। ठाकुर रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोला र भोटेकोशी खोलामा असार २४ गते मंगलबार बिहान आएको बाढीमा बेपत्ता पारेको थियो ।