Tuesday, August 12, 2025

पर्साका वडा प्रहरी कार्यालय बिर्ताले नियन्त्रणमा लियो लाखौंको समान:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्ला, बीरगंज महानगरपालिका–१०, आदर्शनगर सडक खण्डबाट भन्सार छलि गरी चोरी–पैठारी गरिएको तस्करीका समान करिब अ.मूल्य रू. ४,०५,००० बराबरको मालसामान प्रहरीले बरामद गरेको पर्साका प्रहरीले जनाएको छ। बरामद सामानमा खुला काजु बिस्कुट १२ बोरा तथा चना १५ बोरा रहेको बताएका छन् ।

उक्त सामानहरू ना.३ स. ७२९३ नम्बरको लोडर रिक्शामा लोड गरी ल्याउँदै गर्दा बिर्ता प्रहरी कार्यालयबाट खटिएको प्रहरीका टोलीले नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामान तथा सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि पर्साका बीरगंज भन्सार कार्यालयमा, पठाइएको पर्साका वडा प्रहरी कार्यालय बिर्ताले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles