रौतहट प्रहरीले ९ किलो लागू औषध गाँजासहित एक जना मानिसलाई पक्राउ गरेको राैतहट प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजा मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको हो ।
बारा जिल्लाको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता (डिएसपी) दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८० प ९८९३ नं को मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको बताएका छन् ।