Tuesday, August 12, 2025

सशस्त्र प्रहरी बलका दुई जना हाकिम सेकिए:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीले आफ्ना दुई जना सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)लाई विभागीय कारवाही गरेको छ । पछिल्लो कारबाहीमा परेका हेडक्वार्टरको मानव स्रोतमा कार्यरत प्रवीण कँडेल र सुडानको शान्ति मिसनमा यौनहिंसा गरेका रवीन्द्रराज कर्णजित परेका छन् । यीमध्ये कँडेललाई नेतृत्वलाई सार्वजनिक चुनौती दिएबापत सशस्त्र नियमावली २०७२ को दफा १०८ बमोजिम कारवाही गरिएको छ । यसबाट कम्तीमा ६ महिनादेखि १ वर्षभित्र हुने बढुवामा उनी पछाडि पर्नेछन् ।
कँडेलले हल्चोकमा असार ११ र १२ गते आयोजित वरिष्ठ अधिकृतहरूको सम्मेलनमा आफ्नै हाकिमहरूविरुद्ध गृहमन्त्री रमेश लेखकको उपस्थितिमा तीतोसत्य बोलेका थिए । संगठनभित्र सरुवा बढुवामा चलखेल र भेदभाव भएकोमा सबैभन्दा बढी नेता भेट्न जानेमा ठूलाबडा हाकिम नै रहेको र त्यस्तो कुराको अनुगमन कसैले नगरेको आरोप लगाएका थिए । सामाजिक सञ्जालबाट कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो । उनले आइजिपी राजु अर्याललाई लक्ष्यित गर्दै ‘पैसा नखाने भनेका छन्, खाएकै छन् ।
किन यस्तो भयो ? ’ भन्ने सवाल खडा गरेका थिए । कार्यक्रम आइजीपीले उद्घाटन गरे पनि समापन भने गृहमन्त्रीबाट भएको थियो । आइजिपीले भने आफूलाई चुनौती दिइएको कुरा एक हप्तापछि मात्रै थाहा पाए । पछि भिडियो फुटेज हेर्नुका साथै तीनै जना एआइजी, नारायण दत्त पौडेल, वंशी दाहाल र गणेश ठाडामगरलाई राखेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिए । सोहीबमोजिम पहिलो पटक २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । त्यसमा चित्त नबुझेपछि १२ घण्टे सोधियो । त्यसमा पनि सन्तुष्ट हुन नसक्दा दफा १०८ लगाइएको हो । यस्तो कारवाहीको भागिदार वरिष्ठ उपरीक्षकहरूलाई अहिलेसम्म बनाइएको थिएन । कानुन महाशाखाले तयार पारेको कारबाही पत्रमा प्रशासनका डिआइजी कुलबहादुर नेम्बाङले हस्ताक्षर गरेका छन् । त्यसो त उनीभन्दा कडा कारवाही रविन्द्रराज कर्णजितमाथि भएको छ । सुडानको शान्ति मिसनमा कार्यरत रहँदा निजले एक जना नर्वेजियन महिला अफिसरलाई पुठ्ठामा हातले प्याट्ट हानेर मोबाइल नम्बर साट्ने भन्दै यौनिक हिंसा गरेको आरोपमा कारवाही गरिएको हो । उनीमाथि विभागीय कारवाही नभए संयुक्त राष्ट्र संघले सशस्त्रलाई द्वन्द्वग्रस्त क्षेत्रका तैनाथीमा रोक लगाउने चेतावनी दिएको थियो । कर्णजितलाई सुडानबाट फर्केपछि आइजिपीले सचिवालयमा राख्ने तयारी गरेका थिए । तर ५ वर्ष बढुवा रोक्कामा परेका छन् ।
जन आस्था साप्ताहिकबाट।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles