Tuesday, August 12, 2025

सशस्त्र प्रहरीका घुमुवा १५ हजार घुससहित पक्राउ:-

ताजा / भरखरै प्राप्त

रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
भारतबाट भन्सार छली कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो ।खत्री सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles