Wednesday, August 13, 2025

अविरल वर्षापछि आएको बाढीका कारण स्कुल बस बाढीमा फसेको छ ।

ताजा / भरखरै प्राप्त


खबर हो सल्यानको कुमाख गाउँपालिकाको । कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा आएको बाढीमा विद्यालयको बस फसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार कुमाख गाउँपालिका–३मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको बस बाढीमा फसेको हो । घटना बुधबार दिउँसो ३: ४० बजेतिरको हो । बिद्यार्थी लिन जाँदै गरेको बस बाढीमा फसेको हो । बस निकाल्न इलाका प्रहरी कार्यालय रागाचौरबाट प्रहरी निरीक्षक धमेन्द्र खड्काको नेतृत्वमा ७ जनाको टोली खटिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles