
गुण्डागर्दीमा संलग्न आराेपमा पक्राउ परेका चक्रे मिलन ‘मिलन गुरुङ’ ले आफू नेकपा (एमाले)को पार्टी सदस्यको रूपमा काम गरिरहेको बताएका छन् । साउन १५ मा साम्बाला होटलबाट पक्राउ परेका चक्रेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा आफू नेकपा (एमाले)को गोरखा जिल्ला पार्टीको सदस्य भएर सामाजिक सेवामा सक्रिय रहेको बयान दिएका हुन् ।
बयानमा उनले भनेका छन्, ‘पार्टीगत रूपमा आयोजित विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आएको छु ।