Wednesday, August 13, 2025

मधेस प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा बडी धान रोपाइँ बारामा:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशभरिका जिल्लाहरु मध्ये सबैभन्दा बडी धान रोपाइँ बारा जिल्लामा भएको छ ।
मधेसको ८ वटा जिल्लामध्ये सबै भन्दा बढी धान रोपाइँ बारा जिल्लामा भएको जनाइएको छ ।

मधेस प्रदेशमा समग्रमा ८० प्रतिशत धान रोपाइँ भएकोमा बारा जिल्लामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ भएका छन् । कृषि ज्ञान केन्द्र बाराका अनुसार,बारामा हालसम्म धान रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ९५ प्रतिशत ४३ हजार ७ सय १९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।

त्यसपछि पर्सामा भने हालसम्म ९२ प्रतिशत धान रोपाई भइसकेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । जिल्लामा रहेको धान खेती योग्य कूल ५७ हजार ११ हेक्टर क्षेत्रफलमध्ये ५२ हजार ६४१ हेक्टर क्षेत्रफलमा अर्थात ९२ प्रतिशत रोपाइँ भइसकेको केन्द्रका प्रमुख रामजीवन ठाकुरले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles