Wednesday, August 13, 2025

प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति,पर्सा प्रेस विज्ञप्ति:-

ताजा / भरखरै प्राप्त

नेपाल पत्रकार महासंघ मधेस प्रदेशले कार्यालय भवन निर्माणका लागि लिजमा लिएको धनुषा स्थित जनकपुरधाम उपमहानगरपालिकाको श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्ने उद्देश्यले कानुन व्यवसायीहरूको समुहले पत्रकारमाथी गरेको आक्रमणको घटनाप्रति प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्सा शाखा गम्भीर आपत्ति प्रकट गर्दछ।
प्रदेश अध्यक्ष श्याम बन्जारा , उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति , पत्रकार दिवाकर साह, बिनिता यादव लगायतमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय र आपत्तिजनक छ। यस घटनामा संलग्न सम्पूर्ण आक्रमणकारीलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।

यहि साउन २७ गते मंगलवारका दिन नेपाल पत्रकार महासंघका पदाधिकारी लगायत पत्रकारहरुले जग्गा संरक्षणका लागि तारबार लगाईरहेको अवस्थामा बारका धनुषा जिल्ला अध्यक्ष बिमल मिश्र नेतुत्वको समूहले पत्रकारहरुलाई आक्रमण गरि घाइते बनाएको घटना खेदजनक छ ।

नेपाल बार एशोसिएसन धुनषाले गरेको जग्गा कब्जा प्रयास आफैंमा गैरकानुनी कार्य हो र सोको प्रतिकारका क्रममा भएको पत्रकारमाथिको आक्रमण प्रेस स्वतन्त्रता माथिको खुला धक्का हो। घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, प्रेस सेन्टर नेपाल पर्सा यस घटनाको कडा भर्त्सना गर्दछ र दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गर्दछ।
अजित कुमार भुजेल
सचिव प्रेस सेन्टर नेपाल
जिल्ला कार्य समिति, पर्सा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles