प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश प्रदेश आउँदै हुनुहुन्छ ।
धनुषामा प्रधानमन्त्री ओलीले मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुर कठपुल्लामा बाटो शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि उहाँ धनुषाबाट महोत्तरी जानुहुने छ । महोत्तरीमा उहाँले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।