Saturday, August 16, 2025

रौतहटको बौधिमाईमा करेन्ट लागेर एक युवाको मृत्युु:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको बाैधिमाई नगरपालिका–६ बंकुल टोलमा करेन्ट लाग्दा एक जना युवा किसानको मृत्यु भएको छ ।
आज शनिबार करिब ११ बजे आफ्नै खेतमा मोटरले पानी पटाउने क्रमा करेन्ट लागेर मृत्यु भएको हो ।

खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु हुने घटना राैतहटमा बढ्दै गएको छ ।विद्युतीय सुरक्षामा सावधानी नअपनाउँदा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

किसानहरूले धानमा विद्युतीय मोटरमार्फतबाट पानी लगाउने क्रममा साउन महिनाभित्र ४ जनाको ज्यान गएको छ । गत बिहीबार दिउँसो परोहा नगरपालिका ६ बसन्तपट्टी टोलका १६ वर्षीय राहुल कुमार पण्डितको करेन्ट लागेर मृत्यु भएको थियो । यसअघि माधव नारायण ४ बिसनपुर्वा मानपुरका रामबाबु मुखिया, कटहरीया नगरपालिका २ जमुनिया टोलका मोखतार देवान र मौलापुर नगरपालिका ८ सोनरनियाका गोलु भन्ने नरेन्द्र पटेलको पहिलो हप्तासम्म सिँचाइको क्रममा करेन्ट लागेर ज्यान गुमाउनु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरिले जानकारी दिएका छन् ।

विद्युतीय तार र मेशिनको मर्मत सम्भारमा लापरबाही, माटोमा भिजेको अवस्थामा काम गर्ने, र विद्युतीय लाइन काट्न आवश्यक उपकरणको अभावले दुर्घटनाको जोखिम बढि रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles