

राैतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख (मेयर) सहित सात जना घाइते भएका छन् ।
रौतहटको—देवाही गोनाही नगरपालिका –९ , धरहरीमा कृष्ण जन्मअष्टमी मेलाको उद्घाटन (रीवन काट्ने) कार्यक्रमलाई लिएर विवाद उत्पन्न हुँदा झडप भएको बताइएको छ । झडपमा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह गम्भीर घाइते भएका छन् ।
उक्त घटनामा प्रहरी जवान जगदीश यादव र घनशंकर ठाकुर समेत घाइते भएका छन् । नगर प्रमुख साहलाई टाउकोमा चोट लागेपछि, तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टिस्पेसियालिटी अस्पताल प्रा.लि.मा भर्ना गरिएको बताइन्छ, र घटना स्थल बाट प्रहरीले तीनजनालाई पक्राउ गरको छ, र पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ । हाल घाइतेहरुको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको राैतहट प्रहरीले जनाएको छ ।