आज श्रीकृष्ण जन्माष्टमी, दाङसहित पश्चिम तराईका थारु समुदायहरुले २०८२ को जन्म अष्टम्की पर्व उल्लासका साथ मनाइरहेका छन् ।
यो पर्वमा विशेष गरि थारु महिलाहरु दिनभर व्रत बसी साँझ कृष्णसँग सम्बन्धित गीत गाएर रमाइलो गर्दछन् । थारू समुदायले आजै गाउँको महतवाको घरमा कृष्ण र पाण्डवसँग सम्बन्धित चित्र बनाउने गर्दछन् ।
थारु समुदाय प्रकृतिका पुजारी भएकाले प्रकृतिमा रहेका सबै जीवको अस्तित्व स्वीकार गरि घरका भित्तामा चित्र बनाउने गरिएको जानकारहरू बताउँछन् ।
यस दिन नुहाइ धुवाई गरि चोखो भएर महतवाको घरको भित्तामा कृष्ण, पाण्डव सहित प्रकृतिमा रहेका सबै जीवको चित्र बनाई साँझ सबै त्यही भेला भई चित्रमा पूजा गर्ने गर्दछन् । यी चित्रले थारू समुदायको सम्बन्ध कृष्ण र पाण्डवसँग रहेको देखाउने गरेको थारु अगुवाहरू बताउँछन् ।