Sunday, September 14, 2025

ईलाका प्रहरी कार्यलय कडरबोनामा घुमुवा यादवको रजाइँ:-

ताजा / भरखरै प्राप्त

जिल्ला सप्तरी मधेस प्रदेश स्थित सप्तरीमा रहेको ईलाका प्रहरी कार्यलय कडरबोनामा कार्यरत प्रहरी सहायक हवलदार हरि यादव अहिले असुली धन्धामा लागेको स्थानीय हरु बताउँछन् । ईलाका प्रहरी कार्यलय कडरबोना मातहतमा १४ वटा प्रहरी चौकीहरु रहेको छ।उक्त ईलाका देखि दक्षिण तर्फ भारत सिमाना संग जोडिएको सडकहरुबाट व्यापकरुपमा तस्करीहरु भैरहेको तर तस्करहरु संग साटासाट गरि हवलदार यादवले लाईन मिलाउने गरेको नाम बताउने सर्तमा एकजना ब्यापारीले बताएका छन।भारतबाट भैरहेको तस्करीमा यादवले तस्करहरु संग ठूलो रकम लिएर लाईन मिलाउने गरेका छन। यता ससाना ब्यापारी तथा घरायसी परियोजनका लागि ल्याउने खानेकुराहरुमा घुमुवा यादवले पैसा उठाउ छन त कहिले नेपाल प्रहरीको घुमुवाको नाममा पैसा उठाछन। यता सदा पोसाकमा रहेको प्रहरीहरुलाई मधेस प्रदेश प्रहरी कार्यलयले १ सय भन्दा बढी प्रहरीहरुलाई कार्यवाही गरेको बेला उक्त कार्यवाहीमा सहायक हवलदार हरि यादव परेनन ,जब कि उनी दिनभर सदा पोसाकमै डुलिरहन्छन । ईलाका प्रहरी कार्यलय कडरबोनाले सहायक हवलदार हरि यादवलाई फरार प्रतिवादी पक्राउ गर्न खटाएको ईलाका प्रहरी कार्यलय कडरबोनाको कार्यलय प्रमुख प्रहरी निरीक्षक गजेन्द्र राय माझीले बताएका छन् ।

नव जनप्राहारबाट सभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles