Monday, September 15, 2025

खुलेयाम असुलीहेटौंडाका बसपार्कका होटलमा यौन धन्दा मौलाउंदै:-

ताजा / भरखरै प्राप्त

मकवानपुर जिल्लाको हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसाय बढेको छ । हेटौँडा बसपार्क रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको पाइएको हो । पहिला हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा रहेको वनविज्ञान प्रतिष्ठानकोको जंगलमा यौन सम्बन्ध राख्ने युवतीहरू अहिले होटलमा केन्द्रित भएको स्थानीय व्यवसायी बताउँछन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरूण पौडेल हाजिर भए देखि हेटौंडा बसपार्कमा रहेका होटल लाजमा हुने बेश्यावृत्ती धन्दा रोकिएको थियो । यसभन्दा अगाडिका डिआइजीहरूले बसपार्कको बेश्यावृत्ति रोक्न कुनै पहलकदमी गरेनन् , बरू उल्टो भाग खाने गरेको समेत बाहिर आयो । हालका डिआइजी पौडेलले यस्तो धन्दा रोक्न निर्देशन दिएपछि रोकिएको थियो । तर अहिले झन्डै एक महिना देखि भने फेरि शुरू भएको छ । जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालय नजिकै रहेको हेटौंडा बसपार्कका अधिकांश होटल र लजमा यसरी खुलेयाम बेश्यावृति भैरहेको छ कि मानौ सरकारले नै यो क्षेत्रलाई बेश्यावृत्ति गराउन भनेर लाइसेन्स दिएको छ । होटल र लज अगाडि बसेर युवती र महिलाहरू पुरूषहरूलाई खुलेयाम यौन सम्पर्कका लागि बोलाइ रहेको सहजै देख्न सकिन्छ । यहाँका धेरै जसो होटल र लज घण्टाको हिसाबले बेश्यावृत्तिकै लागि चलिरहेका छन् । यस्तो हुदा पनि नियन्त्रणमा कसैको चासो देखिदैन । ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेका छन् । हेटौँडाका कतिपय होटल तथा लजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् ।
कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाई गर्ने गरेको पाइएको छ । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् र यस्ता ग्राहकबाट होटल तथा लज सञ्चालकलाई मुनाफा हुने गरेको स्थानीयहरुको भनाई छ । होटल एशोसिएसन, मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले केही होटल तथा लजहरूमा यौन व्यवसाय हुने गरेको आफूले सुनेको बताए । उनले प्रहरीसँग समन्वय गरेर त्यस्ता होटल तथा लजहरूमा अनुगमन गर्ने र यौन क्रियाकलाप गरेको पाइएमा प्रहरीसमक्ष बुझाउने बताए । उनले कुनै होटलमा त्यस्तो गतिविधि भइरहेको भएमा तुरुन्त संघलाई वा प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।
बसपार्कमा रहेको चौकीको प्रमुख बन्न टेण्डर हालेर जाने चलन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको छ । जसले बढी टेण्डर हाल्छ उ नै त्याहांको प्रमुख भएर जान्छ । अहिले बसपार्क प्रहरी प्रमुखमा असई लालमणि सिवाकोटी रहेका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट बढुवा सरूवा भएर जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका असई हुन , लालमणि सिवाकोटी । उनी जिल्लामा हाजिर भएको एकाध दिनमा नै चित्लाङको चौकी प्रमुख भएर गए । ६ महिना चित्लाङ प्रमुख भएर फेरि जिल्ला प्रहरी कार्यालय आएको दुई हप्ता बित्न नपाउंदै उनलाई फेरि हेटौंडा बसपार्क चौकीको प्रमुख बनाएर पठाउने काम भयो । लामो समयदेखि जिल्ला प्रहरीमा डियुटी गरेर कतै ठाउँ नपाएका धेरै असई हुदाहुदै चित्लाङ प्रमुख भएर आएको एकाध दिनमा नै फेरि मासिक झण्डै तीन लाख भन्दा बढी अतिरिक्त कमाई हुने हेटौंडा बसपार्क स्थित चौकीको प्रमुख बनाएर पठाउने काम भएको छ । उनले आफू एसपी विश्व खड्काको दाहिने हात भएकोले कसैले हल्लाउन नसक्ने भन्दै धाक र रवाफ देखाउने गरेको जिल्ला प्रहरीका सई दर्जा सम्मका प्रहरीहरू बताउँछन् । जिल्ला प्रहरीकै एक जना प्रहरी निरीक्षकले जानकारी दिए अनुसार एसपी खड्का धादिङको गजुरीमा डिएसपीको रूपमा कार्यरत रहदा लालमणि सिवाकोटी हवल्दारको रूपमा संगै कार्यरत भएको कारण त्यही पुरानो र घुमुवाको सम्बन्धको कारण अहिले मकवानपुरमा खड्काले उनलाई राम्रो ठाउँ दिदै आएका छन् । यही सम्बन्धको कारण अहिले उनी हेटौंडा बसपार्क गएपछि बन्द रहेको धन्दा पुनः सुचारू भएको छ। बेश्यावृत्ति गराउने होटल र लजले प्रहरीलाई मासिक रकम त बुझाउने गर्छन् नै यसबाहेक बसपार्कमा रहेका आठवटा डान्सबार र दोहोरीले मासिक ५० हजारको दरले रकम दिने गरेको समेत डान्सवारका एक संचालकले बताए । यी डान्स र दोहोरीमा खान जाने ग्राहकहरूसंग बिसौं गुणा बढी रकम लिएर खुलेयाम ठगी हुदै आएको छ। यसबाहेक तोकिएको समयभन्दा बढी समय चलाउन दिएर पनि प्रहरीले रकम असुली गरिरहेको छ । ग्राहकलाई लुट्नकै लागि उनीहरूले यो व्यवसाय संचालन गरेका हुन कि जस्तो भान हुने स्थानीय दोहोरीमा भेटिएका श्याम रिमालले बताए । यहाँ कुनै गुनासो लिएर प्रहरीको गए उल्टो प्रहरीको गाली खानुपर्ने अवस्था भएको उनी बताउँछन् ।यो लुटतन्त्र र प्रहरी संरक्षण एवम् प्रहरीको असुली धन्दाको बारेमा डिआइजी अरूण पौडेलले छानबिन गर्नुपर्ने यहाँका राम्रो व्यवसाय गर्ने होटलवालाहरू बताउँछन् । त्यसैगरी बडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षकले परिचालन गरेका घुमुवा सहायक हवल्दार राजेश यादवको असुली आतंक पनि व्यापक छ । आफ्नो क्षेत्र बाहेक बसपार्क क्षेत्रमा समेत आएर घुमुवा यादवले असुली आतंक मच्चाउने गरेको होटल व्यवसायीहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय पर्सा अर्थात मधेस प्रदेश मा दरबन्दी भए पनि उनी गएका छैनन् बरू उल्टो विगत ४ बर्षदेखि यहाँ घुमुवाका रूपमा परिचालित छन् । उनको असुली धन्दाको बारेमा प्रदेश प्रहरी कार्यालयले गोप्य रूपमा छानबिन गरेमा यथार्थता सबै थाहा हुने यहाँका होटल व्यवसायीहरूको भनाइ रहेको छ ।
नव जनप्रहाबाट सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles