विशेष सूचनाको आधारमा मिति २०८२ भदौ १३ गते अं.१९:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट प्र.नि.पवन पछाईको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, सिम्रौनगढ न.पा. वडा नं. ०२ नयका टोल स्थितमा निम्म व्यक्तिको घरमा खाट मुनि जुट र प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई राखीएको अवस्थामा उक्त बोरा खोली हेर्दा उक्त बोरा भित्र प्लाष्टिकमा पोका पारी राखेको लागू औषध गाँजा १३८ किलो ७०० ग्राम निजको घरबाट वरामद गरी घर धनि समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ ।
जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. ०२ नयका टोल बस्ने वर्ष ३५ की रिता देवी यादव ।
