

विशेष सूचनाको आधारमा मिति २०८२ भदौ २३ गते अं.०३:४० बजेको समयमा प्रहरी चौकी पथलैया, बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.०१ पथलैया चौक स्थितमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट चितवन तर्फ जाँदै गरेको निम्न नम्बर भएको ट्रकहरुलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा फरक रहेको अं. मुल्य रु. ९०,००,०००/- (नब्बे लाख) बराबरको निम्न समानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरीक राजश्व कार्यालय पथलैया, बारामा बुझाईएको व्यहोरा सुचित गरिन्छ ।
१) ना ३ ख ७९८४ नं. को ट्रकमा खुद्रा सामान (दाना, ह्वाइट सिमेन्ट, केमिकल,जुत्ता,हार्डवेयर गुड्स आदि) अं. मुल्य रु ३०,००००० (तिस लाख) बराबरको रहेको ।
२) प्र. ०३-००२ ख १२१२ नं. को ट्रकमा खुद्रा सामान (चाउचाउ,सुतकेस,मोबिल,मेडिसिन आदि अं. मुल्य रु ६०,००००० (साठि लाख) बराबरको रहेको ।