




आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका छन् ।
मृत्यू हुनेहरुको पहिचान खुलेको छैन ।
सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्यो ।अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।
यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ । तर यसको स्वतन्न पुष्टि भएको छैन ।