Saturday, September 13, 2025

पर्साका भिश्वाबाट आन्दोलनकाे माैकामा तस्करी:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका भिस्वा लगायत बारा जिल्लाका मुसहरवा, छतवा, मट्टीअर्वा नाकाबाट तीन दिन लगातार तस्करी भएको बरा जिल्लाका स्थानीयले बताउँछन् ।
जिनजीकाे आन्दोलन र त्यसपछिकाे विषम परिस्थितिमा दुबै प्रहरी जिल्लामा तानिएको माैका पारेर बारा जिल्लाका मुहरवा, छतवा, मट्टीअर्वा लगायत पर्साकाे भिश्वाबाट तीन रात ठूलो तस्करी चलेको थियो । भारतीय एसएसबीले अरू समयमा भन्दा अलि बढी कडा गरे पनि उनीहरूलाई समेत मिलाएर तस्करी भएको बताइएको छ ।
तीन दिन बाेर्डर कडा भए पनि तस्करहरूले एक महिनामा सम्म गर्ने तस्करी धन्दा तीनमा गरेका छन् ।
कपडा , पटका लगायतका सामान ठूलो मात्रामा ल्याएर तस्करले बिरगञजका गाेदाममा राखेका छन् । यता नेपालबाट भारत तर्फ चाइनिज कस्मेटिक सामानकाे तस्करी पनि गरेका छन् । अहिले आनदोलनका माैका छाेपेर तस्करी गर्नेमा अनिल जैसवाल प्रमुख रहेका छन्” उनलेे तस्करी गर्ने जिम्मेवारी भिस्वका लड्डु साह र सिकटा भारतका पप्पु साहलाई दिएका छन् । लड्डु साह भिश्वाका स्थानीय हुन भने पप्पु साह भारत सिक्टाका रहेका छन् । सीमामा भारतीय एसएसबीलाई मिलाउने काम पप्पु साहले नै गर्दै आएको स्थानीयहरुले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles