Sunday, September 14, 2025

जितिया पर्व आज तराई–मधेसमा धुमधामसँग मनाइँदै:-

ताजा / भरखरै प्राप्त

पारस मण्डल
तराई–मधेसका थारु, मधेसी तथा अन्य हिन्दू समुदायका महिलाले सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै आज जितिया पर्व धुमधामका साथ मनाइिरहेका छन्।
आश्विन कृष्णपक्षको अष्टमी तिथिमा पर्ने यस पर्वमा महिलाहरुले निर्जला उपवास राख्ने परम्परा रहिआएको छ। व्रती महिलाहरुले हिजो सप्तमीका दिन ‘नहाय–खाय’ गरेर शुद्ध भई आज बिहानैदेखि नदि, पोखरी तथा इनारमा स्नान गरी पूजा–अर्चना गरेका छन्।
मुख्य दिन अर्थात् अष्टमीमा महिलाहरुले दिनभर अन्न–जल केही पनि ग्रहण नगरी व्रत बस्छन्। साँझमा जिमुतवाहन देवताको पूजा तथा कथा श्रवण गर्ने परम्परा छ।
यसअघि व्रत सुरु गर्ने सही समय बिहान ५:०४ बजे रहेको छ भने व्रत तोड्ने पारण सोमबार बिहान ३:०६ बजे गर्ने शुभ समय रहेको पञ्चाङ्गविद्हरूले जनाएका छन्।
जितिया पर्वलाई विशेषगरी आमा–छोरीबीचको आत्मीयता झल्काउने पर्वका रूपमा पनि लिइन्छ। नवमीका दिन व्रती महिलाहरुले पूजा–अर्चना गरेर व्रत पारण गरी प्रसाद ग्रहण गर्ने गर्छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles