Sunday, September 14, 2025

ट्राफिक प्रहरीहरु बिना पोशाकको कर्तव्यबाट पछि हटेका छैनन्:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनमा ड्रेस, टोपी तथा आवश्यक पोशाकहरू जलेर नष्ट भए पनि ट्राफिक प्रहरी आफ्नो कर्तव्यबाट पछि हटेका छैनन् ।

सडकमा ड्युटी गर्दा प्रयोग हुने पूर्ण लुगा नभएको अवस्थामा पनि ट्राफिक प्रहरीले बिना टोपी, बिना ड्रेसमै सडकमा उभिएर निरन्तर ट्राफिक व्यवस्थापन गरिरहेको सर्वसाधारणलाई छोएको बताइन्छ । घाम, पानी र आन्दोलनको संवेदनशील अवस्थाबीच समेत उनीहरूले आफ्नो जिम्मेवारी निभाइरहेको देख्दा आम नागरिहरुकले प्रशंसा गरेका छन्।

यातायात व्यवस्थापनमा परेको चाप, भिडभाड र अव्यवस्थाबीच पनि ‘कर्तव्य सर्वोपरि’ भन्ने भावनासहित आफ्नो दायित्व पूरा गर्ने प्रहरीलाई देखेर सर्वसाधारणहरुले सामाजिक सञ्जालमा समेत तारिफ गरेका छन्।

ट्राफिक प्रहरीलाई कपडा अभावको अवस्थामा पनि सडक अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारीमा दृढतापूर्वक खटिरहेकोमा उदाहरणले प्रहरी संगठनको सेवा–समर्पणको भावनालाई थप प्रष्ट पारेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles