


इटहरीबाट सशस्त्र प्रहरीले ५ हजार किलाे गाँजा बरामद गरेकाे छ । स्यार्सेकाली पेट्रोल पम्पमा राेकी राखिएका २ वटा ट्रकबाट उक्त परिमाणमा रहेको अवैध गाँजा बरामद भएकाे बराह बाहिनी पकलीका सशस्त्र प्रहरीले जनाएको छ । बराह बाहिनीले दिएकाे जानकारी अनुसार इटहरीको वडा नम्बर ५ मा रहेको स्यार्सेकाली पम्पमा राेकी राखेकाे ना.४ ख.२९०१ नम्बरकाे ट्रक र बा.५ ख.११६९ नम्बरको मिनी ट्रकबाट १५८ बाेरा(५ हजार किलाे) गाँजा बरामद भएकाे सशस्त्र प्रहरीले जनाएको छ ।