नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा नयाँ नियुक्ति भई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२७ को उपनियम १ क (घ) बमोजिम अनिवार्य अवकाश हुनु भएका नेपाल प्रहरीका सई. प्रेम बहादुर गुरुङलाई सेवा अवधिमा संगठन, राष्ट्र तथा नागरिक प्रति पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरद्वारा “मायाको चिनो” प्रदान गरी निवृत जीवनको शुभकामना सहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।