नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा तथा त्यसअघि–पछि हराइरहेका व्यक्तिहरूबारे आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
आन्दोलनका क्रममा भएको आगजनीपछि पहिचान खुल्न नसक्ने अवस्थामा केही मानव कंकाल भेटिएको र त्यसको पहिचान आवश्यक भएकाले यस्तो अपिल गरिएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक अपीलराज बोहारोले सोमबार सूचना जारी गर्दै आफन्तहरूमध्ये कोही हराइरहेको भए तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् ।उनका अनुसार हराइरहेका व्यक्तिका बारेमा जानकारी दिन कन्ट्रोल नम्बर १०० वा काठमाडौं प्रहरी परिसरको नम्बर ९८५१२८३०१२ मा सम्पर्क गर्न सकिने छ ।
नव जनप्रहारबाट सभार।