







गुडविल सोसाइटी संस्थाले आज मंगलबार पर्साका वीरगञ्ज महानगरपालिका स्थित नारायणी अस्पतालमा उपचाररत बिरामीहरुलाई र उनीहरूको आश्रितहरूलाई २०० प्याकेट पौष्टिक खाना र पानी वितरण गरेको बताइएको छ । गुडविल सोसाइटी संस्थाका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा यो,कार्यक्रम सम्पन्न भएको छ ।
यस् कार्यक्रमा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधिहरूले पनि सक्रिय र सहयोग गरेका थिए । बिरामी तथा उनीहरूका आफन्तहरूलाई अस्पताल परिसरमै पुगेर खाना वितरण गरिएको बताइएको छ । वितरण गरिएको खाना स्वच्छ र पौष्टिक बनाउन विशेष ध्यान दिइएको आयोजकले जानकारी दिएका छन्।
अध्यक्ष आलमले भन्नुभयो, “हामीले यो अभियानलाई निरन्तरता दिने छौं । अस्पतालमा उपचाररत बिरामीहरुलाई स्वस्थ र पौष्टिक खाना पुर्याउनु हाम्रो सामाजिक उत्तर दायित्व पनि हो।”
कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको पनि उपस्थिति रहेको थियो। बिरामीका आफन्तहरूले यस्ता सामाजिक कार्यले ठूलो राहत मिल्ने बताएका छन् ।
गुडविल सोसाइटीले यस्ता परोपकारी गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आएका छन् । संस्थाले अघिल्ला अवसरहरूमा पनि राहत वितरण, रक्तदान र स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरू पनि सम्पन्न गरिसकेका छन् ।