ड्रेस छैन, भवन छैन । तर विषम परिस्थितिमा पनि प्रहरी जवानहरूले आफ्नो ऊर्जा र कर्तव्यपरायणतालाई कहिल्यै खस्कन दिएनन्।
कति साथीहरू आँखा अगाडि ढले, जनतालाई सुरक्षा दिने घरहरू जले। तर पनि उनीहरूको आत्मबल खस्किएन। व्यक्तिगत दुःख, पारिवारिक जिम्मेवारी र समाजबाट आउने नकारात्मक धारणासँग जुध्दै पनि उनीहरू अडिग छन्। उनीहरु भन्छन्, ‘प्रहरीको जीवन त्यस्तै हो।’
आन्तरिक संघर्ष र बाह्य दबाब सँगसँगै आउँछ, तर संगठनप्रतिको निष्ठा र जनताको सेवाप्रतिको दृढ संकल्पले उनीहरूलाई निरन्तर अघि बढाइरहेको छ। आन्दोलन पछि काममा फर्किएका एक प्रहरी जवान भन्छन्, ‘खरानीमाथि नयाँ आयामसहित प्रहरी उठोस्, समाजले फरक दृष्टिकोणले हेरोस्।
नव जनप्रहारबाट