Thursday, October 9, 2025

वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेट संशोधन गरी नगर पुनःनिर्माणका लागि खर्च गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) मा यो प्रस्ताव सर्वसम्मत पारित भएको हो।

ताजा / भरखरै प्राप्त

वीरगंज, ०४ असोज – वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेट संशोधन गरी नगर पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न विशेष नगरसभामा प्रस्ताव सर्वसम्मत पारित भएको हो।

गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) द्वारा गरिएको आन्दोलनको क्रममा महानगरपालिकाको कार्यालय भवनसहित अन्य संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त भएको थियो। नगरको सम्पत्ति नष्ट भएपछि सेवाप्रवाह निरन्तरता दिन र प्रशासनिक क्षमता अभिवृद्धि गर्न पुनःनिर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकताका कारण बजेट संशोधन गरिएको हो।

विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेश गर्नुभएको थियो। यसअघि १७औँ नगर परिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको थियो। संशोधनपछि करिब ३० करोड रुपैयाँ पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ।

संशोधित बजेटअनुसार प्रशासनिक भवन निर्माण, सवारीसाधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर, फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती तथा अन्य आवश्यक सामग्री खरिदमा खर्च हुने छ। यसले नगर प्रशासनको क्षमता अभिवृद्धि गर्दै सेवाप्रवाह सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, विशेष नगरसभाले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगंज महानगरपालिका वडा नं. १२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ।

नगरसभाले संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना र प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाउने स्पष्ट पारेको छ। सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles