Tuesday, February 3, 2026

बारा प्रहरीद्वारा २३६ केजी लागु ओषध अवैध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय अमलेखगंजले २३६ केजी गाँजा मिनि ट्रक र चालकसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहतमा रहेका ईलाका प्रहरी कार्यालय अमलेखगंजलमा संचालित चेकिङ टोलीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको बाराका प्रहरीले जनाएको छ ।

आज असोज ६ गते दिउँसो करिब १.३० बजेको, समयमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –२१ अमलेखगंजस्थित इलाका प्रहरी कार्यालय अमलेखगंजको कार्यालय अगाडि चेकपोष्टमा खटिएको टोलीले मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकी चेकजाँच गर्दा उक्त गाँजा फेला परेको अमलेखञजको प्रहरीले जनाएका छन् ।

प्रहरीको टोलीले चेक जाच्ने क्रममा ट्रकको छतमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइ छिपाई राखिएको २८ पोका गाँजा फेला पारेको हो । बरामद गरिएको गाँजाको तौल गर्दा २३६ किलो ७५० ग्राम रहेको बारा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तामाङले जानकारी दिएका छन् । पक्राउ पर्नेमा मिनि ट्रक चालक मकवानपुर जिल्ला कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रुम्बा रहेको र रमेशलाई नियन्त्रणमा लिई मिनि ट्रकसहित आवश्यक कारबाहीका लागि अमलेखगंजमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles