काठमाडौंमा ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना प्रहरीद्वारा पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर छन् ।
उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारेको काठमाडौंका प्रहरीले बताएका छन् ।


