Thursday, October 9, 2025

आलमलाई गोली प्रहार गर्ने ३६ घण्टासम्म प्रहरीद्वारा पक्राउ परेनन्:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार राति भएको गोली प्रहार घटनापछि ३६ घण्टा भन्दा बढी समय बितिसक्दा पनि आक्रमणकारी पर्सा प्रहरीद्वारा पक्राउ परेका छैनन् । छिपहरमाई गाउँपालिका कार्यालय अगाडि राति साढे ७ बजे स्थानीय १७ वर्षीय गोलु आलमलाई लक्षित गरी गोली प्रहार भएको थियो।
गोली लागेर घाइते भएका आलमलाई उपचारका लागि पर्साका वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीप राज पाठकले जानकारी दिएका छन् ।
घटनापछि प्रहरीको टोलीले अनुसन्धान थालेको भए पनि आक्रमणमा संलग्न व्यक्तिहरू भने अझैसम्म फरार रहेका छन् ।

पर्साका छिपहरमाई गाउँपालिका पाचका स्थानीयवासीले सार्वजनिक स्थानमै गोली चलाइएपछि गाउँमा त्रास फैलिएको बताउँदै छिटोभन्दा छिटो दोषीलाई पक्राउ गर्न पर्सा प्रहरी संग माग गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles