Thursday, October 9, 2025

भारतमा अभिनेता थलापतिको र्‍यालीमा भागदौडमा ३६ को मृत्यु:-

ताजा / भरखरै प्राप्त

भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो ।राजनीतिज्ञ सेन्थिल बालाजीले स्थानीय अस्पतालबाहिर पत्रकारलाई मृत्युको पुष्टि गर्दै ५० भन्दा बढी मानिस घाइते भएका बताएका छन् । राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा कम्तीमा १६ महिला, नौ पुरुष र ६ बालबालिका रहेका बताएका छन् ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले भागदौडमा मूर्छा परेपछि केही मानिसलाई अस्पताल पुर्‍याइएको बताइको छ । उनले नजिकका जिल्लामा कार्यरत चिकित्सकबाट थप सहयोगका निम्ति अनुरोध गरिएको पनि बताए ।स्टालिनले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति प्रदान र घटनाको जाँचबुझ गरिने जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles