Thursday, October 9, 2025

सशस्त्र प्रहरी बल पर्साद्वारा ठूलो परिमाणमा लागु औषध चरेश बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सामा सशस्त्र प्रहरीले तोड्यो लागुऔषध तस्करी संजाल, ९ किलोभन्दा बढी चरेशसहित एक जना भारतिय नागरिकलाई सशस्त्र प्रहरी पर्साले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले पर्सा जिल्लामा लागुऔषध तस्करी संजालमाथि ठूलो प्रहार गर्दै आएका छन्” सशस्त्र प्रहरीले प्रतिबन्धित चरेशसहित एक युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरीका सहायक निरीक्षक नितेश कुमार साह कानुको कमाण्डमा खटिएको ७ जनाको मोबाईल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडक खण्डमा चेक जाँच गर्ने क्रममा BR 22 J 3550 नम्बरको होण्डा साइन मोटरसाइकल मा फल्स बटम बनाई लुकाई छिपाई ल्याउन लागिएको र भारततर्फ लैजाँदै गरिएको ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा फेला परेको हो। घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरीया टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई समेत पक्राउ गरि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरीले जनाएको छ, र निजको साथबाट आधार कार्ड र कार्बोन कम्पनीका कीप्याड मोबाईलसमेत बरामद गरिएको सशस्त्र प्रहरी पर्साका नं. १३ गण
सुचना अधिकारी
सशस्त्र प्रहरी नायव उपरीक्षक
सुरज कार्कीले जानकारी दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles