Thursday, October 9, 2025

प्रहरीको दाँत झारदिने वडाध्यक्ष छोटेलाल प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

प्रहरी नायव निरीक्षक सई.औवधेश यादवको दाँत झारदिने वडा अध्यक्ष छोटेलाललाई प्रहरीले पक्राउ गरेको सर्लाहीका प्रहरीले जनाएको छ ।
सर्लाही जिल्लाका गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास सर्लाही प्रहरीद्वारा पक्राउ परेका छन् । प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका छन् ।
उनलाई सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैयाले पक्राउ गरिएको सर्लाहीका प्रहरीले जनाएको छ । वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुङ्गामुढा गरेको र प्रहरी कर्मचारीमाथि कुटपिट भएको बताइएको छ । आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको अगाडिको दुई वटा दाँत भाँचिएको थियो, भने प्रहरी चौकी गडैतामा कार्यरत रहेको अन्य पाँच जना प्रहरी कर्मचारीलाई समेत दासले घाइते बनाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles