



प्रदर्शन गर्न आएका डा. निकोलस भुसालसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डा. भुसाल, सञ्जीव दाहाल र अर्को एक जना व्यक्ति रहेको प्रहरीको स्रोतले जानकारी
दिएको छ ।
उनीहरूलाई पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले पुष्टि गरेको छ। भुसाल नेतृत्वको समूहले माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गर्ने आउनेहरु तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले प्रदर्शन रोक्ने क्रममा “सार्वजनिक सुरक्षाको कारण” देखाएको बताइन्छ । स्रोतका अनुसार, पक्राउ परेकाहरूमाथि सोधपुछ जारी रहेको छ, र प्रदर्शनका उद्देश्य तथा नियतका बारेमा अनुसन्धान अघि बढाइएको छ।
यसअघि पनि माइतीघर क्षेत्रलाई ‘संवेदनशील जोन’ घोषणा गर्दै प्रशासनले कुनै पनि अनुमति बिना भेला र प्रदर्शनमा रोक लगाएको बताइएको छ ।