Thursday, October 9, 2025

सिरहामा यात्रुबाहक बसबाट लडेर सह–चालकको मृत्यु:-

ताजा / भरखरै प्राप्त

सिरहा जिल्लाको जिरोमाइलमा यात्रुबाहक बसबाट लडेर एक जना सह–चालकको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–१ बस्ने ऋषिदेव यादवका छोरा अन्दाजी २१ वर्षीय पवन कुमार यादव रहेको बताइन्छ ।
बिराटनगरबाट जनकपुरतर्फ आउँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट सिरहाको जिरोमाइल चौकस्थित बसबाट यादव लडेका थिए, यादबलाई गम्भीर चोट लागेपछी प्रादेशिक अस्पताल सिरहा पठाइएको थियो । उपचारको क्रम्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवंम डिएसपी रमेश पालले जान्कारी दिएका छन् ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको सिरहाका प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles