Sunday, April 26, 2026

सशस्त्र प्रहरीद्वारा भिस्वाबाट दुई लाखको चुरोट बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका भिस्वा नाकाबाट सशस्त्र प्रहरी पर्साले दुई लाखको चुरोट बरामद गरेको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नेपाल, (बिओपी) भिस्वाकासशस्त्र प्रहरी प्रमुख रोशनले दुई लाखको चुरोट बरामद गरेको जानकारी दिएका छन् ।

हिजो २४ गते, साझ पाँच बजेको समयमा जिल्ला पर्साको छिपहरमाई गाउँपालिका–स्थित भिस्वा बजारको पुर्वपट्टि एक जनाको घरमा लुकाई छिपाई राखि राखेको अवस्तामा
सशस्त्र प्रहरी बल बिओपी,भिस्वका टोलीले विषेश सुचनाको अधारमा उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक रोशन सिर्नेटको कमान्डमा खटिएको टोलीले उक्त चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी भिस्वाले बरामद गरेको समान दुई कार्टून १०० बन्डल, सिखर चुरोट रहेको र बरामद गरिएको चुरोटको मूल्य करिब दुई लाख रुपैयाँ बराबरका रहेको सशस्त्र प्रहरी निरीक्षकले बताएका छन् ।
सशस्त्र प्रहरीले बरामद गरिएको सामानलाई बिओपी भिस्वामा ल्याई आवश्यक प्रक्रिया पूरा गरी थप कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles