

मिति २०८२/०६/२७ गते अं.१५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि.धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा २१ अमलेखगंज स्थित कार्यालय अगाडी चेक पवाइन्टमा बीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ७०८५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाच गर्दा उक्त बसको डिकी भित्र लुकाई छीपाई रखेको अबैध बिभिन्न किसिमको अं. मुल्य १ लाख २ हजार बराबरको प्रतिबन्धीत पटाका नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको व्यहोरा सुचित गरिन्छ ।