Wednesday, October 15, 2025

सिधै मकहाँ आए हुन्छ, बिचौलियालाई निषेध छ’सुदीपराज पाठकप्रहरी (प्रमुख)पर्सा,

ताजा / भरखरै प्राप्त


जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले परम्परागत प्रहरी कारबाही भन्दा फरक ढंगले काम गर्न चाहेको बताएका छन् । उनले आमजनताले प्रहरी प्रशासनबारे गुनासो गर्ने ढिलासुस्ती, बिचौलियाको चलखेल, अनावश्यक दबाबजस्ता व्यवहारले प्रहरीमाथि विश्वसनीयता घट्दै गएको विषयमा सचेत भएर प्रहरीले उच्च मनोबलले अपराध नियन्त्रणमा लाग्नुपर्ने बताए ।
मंगलबार उनले मधेशदृष्टिसँग भने, ‘प्रहरी कार्यालयमा बिचौलियाको रजगज हुने गरेको, अनुसन्धान प्रभावित हुनसक्ने भनेर जनतामा सधैँ भय हुने गरेको र सिधा प्रहरीसँग सम्पर्क नहुने कारण पनि जनतामा प्रहरीको कारबाहीबारे संशय बढिरहेकोबारे सचेत छु ।’ प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरुपयोग अनुसन्धानमा रहेर सिधै पर्साजस्तो महत्वपूर्ण जिल्लामा कमान्डर बनेर आएका पाठकले आफूमा प्रहरी कमाण्डर भएर इमान्दारितापूर्वक काम गर्ने हुटहुटी रहेको र फरक परिवेशमा अवसर पाइएकाले अपराध नियन्त्रण र शान्तिसुरक्षाका लागि सधैँ क्रियाशील रहने बताए । ‘कार्यालयमा दलालमार्फत काम हुन्छ भनेर बिचौलियाले नै प्रहरी अधिकृतका नाम बेचेर प्रहरी कार्यालयको बदनाम गराएका छन्, यो काम अन्त्य गरेको छु,’ उनले भने, ‘कोही नागरिक साँच्चै पीडामा छन्, अन्यायमा परेको छु भन्ने लागे सिधै मकहाँ आए न्यायका लागि पहल गर्नेछु, कोही बिचौलिया र दलाल प्रयोग गरिरहन पर्दैन, यो काम म आएपछि बन्द गरेको छु ।’
उनले बिचौलिया र दलालले शक्ति दुरुपयोग गरेर न्याय पाउनु पर्नेले नपाएका कारण प्रहरीको काममा जनताको विश्वास घट्दै गइरहेको भन्ने नयाँ कमाण्डर र अधिकृतहरुले बुझन् जरुरी रहेको बताए ।
‘प्रशासनिक काममा सधैँ जनताको संशय रहन्छ, निष्पक्ष र न्यायपूर्ण ढंगले न्याय सम्पादन जरुरी छ,’ उनले भने, ‘कहिले गलत मान्छेको गलत सिफारिसले गलतहरु संरक्षित हुन्छन्, कहिले सही मान्छेको प्रहरी अधिकृतसँग सिधा पहुँच नहुँदा पनि उनीहरु अन्यायमा पर्न सक्छन्, नयाँ पुस्ताका अधिकृतहरुले न्याय सम्पादन गर्दा जनताको हित र आफ्नो बाँकी करियर अनि भविष्यबारे सोचे जनतामा प्रहरीबारे रहेको भ्रम हट्दै
जानेछ ।’
‘परिवेश फरक छ, जनतामा न्याय, भरोसा र विश्वास जगाउनु पर्नेछ, नागरिकले पनि त्यही ढंगले प्रहरी प्रशासनलाई सघाए समाजमा अमनचयन र शान्तिसुरक्षा हुनेछ,’ पाठकले भने, ‘बेथिति, विकृति र गलत संस्कार मात्रै अन्त्य गर्न सबैको सहकार्य जरुरी छ, मधेशमा अझ सीमावर्ती शहर वीरगंजमा कार्यरत रहँदा सधैँ मष्तिष्कमा ‘पहिला जनता’ भन्ने सोच्छु, वृद्ध उमेरका बुबाले बरोबर फोन गरेर ‘मधेशमा काम गर्न सक्छस्, इमान्दार भएर काम गर’ भनेर सम्झाइरहनु हुन्छ ।’ उनले सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणमा पनि एक्सन प्लान बनाएर काम गरिने बताए ।TV बिरजञजबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles