Wednesday, October 15, 2025

नेपालबाट तस्करी भएको सुपारी भारतमा बरामद:-

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्लाका सीमा क्षेत्रबाट व्यापक मात्रामा सुपारी तस्करी भइरहेको छ । सुपारी तेस्रो मुलुकबाट नेपालमा आयात गरी नेपालमै उत्पत्ति भएको भन्दै भारततर्फ तस्करी हुँदै आएको छ ।
सर्लाहीको नारायणपुर, बहादुरपुर र मलगंवाबाट सुपारी तस्करी हुने गरेको छ । नेपालबाट तस्करी गरी पठाइएको १ करोड भारु बराबरको सुपारी बिहारको सीतामढी जिल्ला मेजरगंज थानामा एसएसबीले बरामद गरेको छ ।नेपालबाट तस्करी गरी पठाइएको ३ वटा ट्रक र २ वटा पिकअपमा लोड गरिएको सुपारी भारतको मेजरगगंज थानामा बरामद गरिएको समाचार भारतीय मिडियाले तस्बिरसहित प्रकाशित गरेका छन् ।
१९६ बोरा सुपारी इन्डो नेपाल सीमासँग जोडिएको मेजरगंजमा सोमबार बरामद भएको भारतीय पत्रिका प्रभात खबरमा समाचार छ । १ सय ९६ बोरा सुपारी बोकेका ३ ट्रली (ट्रक) र २ वटा पिकअपसहित एसएसबीले बरामद गरेको उक्त पत्रिकाले जनाएको छ । सुपारीसमेत ३ जनालाई पक्राउ पनि गरिएको छ ।
मेजरगंज बसपार्कमा पुर्‍याएर पिकअपमा लोड गर्दै गर्दा सुपारी बरामद भएको थियो ।
भारतीय अर्धसैनिक बल एसएसबीले सीमाबाट हुने तस्करी नियन्त्रण अभियान नै चलाएको छ ।
भारतको मेजरगंजमा बरामद भएको उक्त सुपारी विराटनगरका पिन्टुले वीरगन्जका नामुद तस्कर उमेश तेलीमार्फत सर्लाहीका नाकाबाट भारततर्फ तस्करी गर्न लागेका थिए ।
मेजरगंजमा बरामद भएपछि रुट परिवर्तन गर्दै उमेश तेलीले नारायणपुर नाकामार्फत् सुपारी तस्करीको सेटिङ मिलाएका छन् । बिजय यादव, सरोज यादव, नवल यादव, र राजेश ठाकुरमार्फत सर्लाहीको अर्को नाका नारायणपुरबाट भारततर्फत् सुपारी तस्करी गराउन लागिएको स्रोत बताउँछ । नारायणपुरबाट भारततर्फ सुपारी तस्करी गर्न सन्तोष साह र उमेश साह समेत लागेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles