आईसीसी टी–२० विश्वकप एसिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ ।
अस्ति सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ ।
पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो ।
सुपर सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ ।