Thursday, October 16, 2025

राैतहटको बरहावा तालमा हाम फाल्ने युवकको शव भेटियो:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित बरहावा तालमा हाम फालेका एक पुरुषको शव करिब दुई घण्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले फेला पारेको राैतहटका प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार अन्दाजी ३५ वर्षका ती पुरुषले तालमा हाम फालेका थिए । स्थानीयद्वारा प्रहरीले जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो र करिब दुई घण्टाको प्रयासपछि उनको शव तालमै फेला परेको जनाइएको छ ।
घटनास्थलमा स्थानीयबासीहरूको भीड लागेको थियो, र हाल मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि गौर अस्पताल लगिएको छ ।
र थप विवरण प्रहरीको अनुसन्धान पछि सार्वजनिक गरिने राैतहट प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles