रौतहट जिल्लाबाट दुई पटक निर्वाचित जनप्रिय नेता माननीय शेख अबुल कलाम अजाद (फुलबाबु) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ। जनतामुखी नीति, विकासप्रति प्रतिबद्धता र जनताको हकहितका लागि निरन्तर सक्रिय रहँदै आएका अजादलाई यसपटक अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ।
स्थानीय स्तरदेखि प्रदेशसम्मको विकास अभियानमा योगदान पु-याएका अजादले अघिल्ला कार्यकालमा जनताको विश्वास जित्दै पार्टी र जनताको बिचमा सेतुको भूमिका निभाएका थिए। पार्टी नेतृत्वले उनको कार्यशैली र जनताको माया कदर गर्दै पुनः मन्त्री पदमा जिम्मेवारी दिन लागिएको बताइएको छ।