नेपाल मुस्लिम महिला कल्याण समाजले रौतहट जिल्लाको यमुनामाई गाउँपालिका क्षेत्रमा “दाइजो प्रथा र बालविवाह विरुद्धको तालिम” सम्पन्न गरेको छ । समाजले महिला अधिकारको सशक्तिकरण र सामाजिक कुरीतिबाट मुक्ति दिलाउने उद्देश्यले उक्त तालिम २०२५ अक्टोबर १३ र १४ गते दुई दिनसम्म सञ्चालन गरेको हो।
टीवा (Tewa) संस्थाको सहयोगमा आयोजित उक्त तालिममा स्थानीय महिला तथा किशोरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक बेमेलहरूले महिला र बालबालिकाको जीवनमा पार्ने नकारात्मक प्रभावबारे गहिरो छलफल गरेका थिए।
तालिमका क्रममा महिला सशक्तीकरण, लैङ्गिक समानता, कानूनी अधिकार, शिक्षा र आत्मनिर्भरता सम्बन्धी विषयहरूमा पनि प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई समुदायमा गई सचेतना फैलाउने, बालविवाह र दाइजो प्रथाको विरोधमा आवाज उठाउने र महिला हकहितको संरक्षणका लागि नेतृत्व लिन प्रोत्साहित गरिएको थियो।
नेपाल मुस्लिम महिला कल्याण समाजका पदाधिकारीहरूले तालिमको माध्यमबाट समाजमा देखिएका विभेद र कुरीतिलाई अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सचेतना तथा सीपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाजले विगतदेखि नै महिला अधिकार, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा विभिन्न अभियान र कार्यक्रम सञ्चालन गर्दै आएको छ।
📸 तस्बिर स्रोत: Nepal Muslim Women Welfare Society