






नेपाल प्रहरी संगठनको स्थापनाको ७० औं वर्ष पूरा भएको पावन अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको पाङ्गणमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको प्रमुख आतिथ्यतामा ७० औं प्रहरी दिवस २०८२ को कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट सलामी ग्रहण गर्नु भई अमर प्रहरी स्मारकमा पुष्पहार (रेथ) अर्पण गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी प्रहरी कार्यालय, भैरहवाका प्र.व.उ. महेन्द्र खड्का ज्यूले स्वागत मन्तव्य र संगठन प्रमुख प्र.म.नि. चन्द्र कुबेर खापुङ्गज्यूको ७० औं प्रहरी दिवस २०८२ को शुभकामना सन्देश वाचन गर्नु भएको थियो ।
प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूले कर्तव्यको बलिवेदीमा ज्यान आहुती दिने अमर वीर सपूतहरुको निस्वार्थ बलिदानप्रति श्रद्धासुमन तथा घाईते प्रहरीमा शिर्घ स्वास्थ्य कामना गर्दै प्रहरी बिनाको समाज कल्पना गर्न सकिदैन, समाज र प्रहरीको आपसी विश्वास, सहकार्य र समझदारी बिना शान्ति सुरक्षा सम्भव छैन । वर्तमान समयमा देखिएका अपराध तथा हालको असहज परिस्थितीले देखा परेका सुरक्षा चुनौतीहरुको सामना गर्दै प्रहरी जनउत्तरदायी, सक्षम, साहस र क्षमतावान हुन सकल दर्जाका सम्पूर्ण अधिकृतलाई अनुरोध गर्नुभयो । यसैगरि कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्र.व.उ. सन्तोष सिंह राठौरज्यूबाट गरिमामय उपस्थितका लागि प्रमुख अतिथिज्यू लगायत अतिथीज्यूहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
विशेष रुपले आयोजना गरि मनाईएको उक्त श्रद्धाञ्जली कार्यक्रममा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राकेश सिंहज्यू, लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहातका कार्यालय प्रमुखज्यू, प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायब उपरीक्षकज्यूहरु, पुर्ब प्रहरी संगठन लुम्बिनी प्रदेश अध्यक्ष धनेन्द्र बिक्रम पाण्डे लगायत पूर्व प्रहरी कर्मचारीज्यूहरू, अमर\अशक्त प्रहरी परिवार केन्द्रिय वरिष्ठ उपाध्यक्ष रिता सेन वली लगायत उपस्थित अमर प्रहरी परिवारजनज्यूहरु र यस केन्द्रका सम्पुर्ण सिनियर प्रहरी अधिकृतज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरु र यस केन्द्रमा संचालित प्रहरी जवान आधारभुत तालिम (८-११३औँ) समुहमा तालिमरत प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।