Saturday, October 18, 2025

पर्सा प्रहरीद्वारा लाखौंको अवैध तस्करीका समान बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका श्रीपुर वडा प्रहरीद्वारा लाखौंको अबैध तस्करीका सामान बरामद गरेको पर्साका प्रहरीले जानकारी दिएको छ ।
पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पाठकको तस्करी नियन्त्रण अभियान तीव्र,रहेको देखिन्छ, श्रीपुर प्रहरीद्वारा ९ लाख बराबरको अबैध सामान बरामद गरेको छ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकको नेतृत्वमा सञ्चालित तस्करी नियन्त्रण विशेष अभियानलाई थप प्रभावकारी बनाउँदै पर्साका प्रहरीहरुले उल्लेखनीय सफलता हासिल गरेका छन् । सोही अभियान अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको कमान्डमा खटिएको प्रहरी टोलीले मातहतका विभिन्न क्षेत्रबाट करिब ९ लाख रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामानहरू बरामद गर्न सफल भएका छन् । बरामद गरेको समानहरु काजु, किराना सामग्री लगायतका दैनिक उपभोगका वस्तुहरू रहेको पर्सा प्रहरीले बताएका छन् , जसलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
पर्सा प्रहरीका अनुसार हाल पर्सा जिल्लामा तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चाल गरेका छन् । यो अभियान अन्तर्गत भारततर्फबाट भन्सार नतिरी नेपाल भित्र्याइने सामानहरू नियन्त्रणमा लिन दैनिक रूपमा प्रहरीको टोलीहरू परिचालन भएका छन् ।
एसपी सुदिपराज पाठकले तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै पर्सा जिल्लाभर निगरानी र कारवाहीलाई तीव्रता दिइएको जानकारी दिएका छन् । उनले भने,
भन्सार छल्ने, तस्करी गर्ने तथा अवैध कारोबारमा संलग्न जोसुकै व्यक्तिमाथि पनि कानूनी कारवाही हुनेछ, प्रहरी सधैं कानूनको शासन र पारदर्शी व्यापारिक वातावरणका लागि प्रतिबद्ध रहेको छ।”
त्यस्तै, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको टोलीले तस्करी नियन्त्रणमा ठुलो सहयोग पुराएको बताएका छन् । उनले भने,
हाम्रो टोलीले नियमित गस्ती, विशेष सूचनाका आधारमा निगरानी र चेकजाँचलाई अझ सशक्त बनाएको छ। यसरी बरामद भएका सामानहरूले तस्करी नियन्त्रणमा उल्लेखनीय प्रभाव पारेको बताएका छन्।” प्रहरीले स्थानीयवासीहरूलाई पनि अवैध कारोबार, भन्सार छलि जस्ता गैरकानूनी क्रियाकलापमा संलग्न नहुन र यस्ता गतिविधि देखिए वा जानकारी भएमा तुरुन्त नजिकको प्रहरी कार्यालयलाई खबर गर्न अनुरोध पनि गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले हालैका दिनहरूमा तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै विभिन्न इलाकाबाट लाखौँ लाख मूल्य बराबरका अवैध सामानहरू नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको सक्रियता र स्थानीयको सहकार्यका कारण सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियानमा पर्साका प्रहरी प्रभावकारी बन्दै गएका छन् । सशस्त्र प्रहरीले छोडेका तस्करीका समान नेपाल प्रहरी पर्साले पक्राउ गर्न सफलता पाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles