


पर्साका वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंलाई नागरिक अभिनन्दनसहित विदाई गरिएको छ ।
१३ महिना विर्ता क्षेत्रमा शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न उल्लेखनीय योगदान दिएका चौलागाईंको सम्मानमा स्थानीय समाज, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको संयुक्त पहलमा विर्ता चोकमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
चौलागाईं हाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान महाशाखामा सरुवा भएका छन्।